नियम १३
नागरिकताको प्रमाणपत्रको अभिलेख राख्ने

ऐनको दफा १५ बमोजिम नागरिकताको प्रमाणपत्रको अभिलेख देहायबमोजिम राखिनेछ –
(क) नागरिकता सम्बन्धी विवरणलाई व्यवस्थित रूपमा अभिलेखीकरण गरी राख्नु पर्नेछ र यो विवरण विद्युतीय माध्यममा समेत राख्न सकिनेछ ।
(ख) जिल्ला प्रशासन कार्यालयहरूले नागरिकता प्रमाणपत्र वितरणको मासिक विवरण  मन्त्रालयमा पठाउनु पर्नेछ ।